युरोकप : डेनमार्कका एरिक्सन मैदानमा नै बेहोस भएपछि ..


३० जेष्ठ २०७८, आईतवार
erikson 1 QpoDvnRTjU
Cristian Eriksen

काठमाडौं, ३० जेठ । युरोकप फुटबल अन्तर्गतको फिनल्याण्डसँगको खेलमा डेनमार्कका क्रिश्चियन एरिक्सन मैदानमा नै बेहोस भए । उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको डेनिस फुटबल एसोसिएशनले जनाएको छ । एरिक्सन लडेपछि तुरुन्तै मेडिकलको टोली उपचारमा खटिएको थियो ।

उनलाई मैदानबाटै अक्सिजनसहितको अस्पताल लगिएको थियो । उनी मैदानमा लडेपछि डेनमार्क खेलाडी चिन्तित थिए । डेनिस फुटबल एसोसिएशनका अनुसार एरिक्सन होस् मै छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । अझै केही परीक्षण बाँकी रहेको एसोसिएशनले जनाएको छ ।

erokson 2 R90WhtBoK3

युरोकपअन्तर्गत फिनल्याण्डसँग पहिलो हाफ चलिरहेका बेला एरिक्सन आफै लडेका थिए । क्रिस्टियानो रोनाल्डोसहित विश्वभरबाट एरिक्सनको शीघ्र स्वास्थ्यलाभको कामना भइरहेको छ ।

एरिक्सन लडेपछि खेल केही समयका लागि रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा फिनल्याण्डले विजयी भएको छ । फिनल्याण्डले डेनमार्कलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७