श्रीमतीमाथि एसिड प्रहार


३० जेष्ठ २०७८, आईतवार
asid

रौतहट, ३० जेठ । रौतहटको चन्द्रनिगाहापुरमा एक व्यक्तिले आफ्नै पत्नीमाथि एसिड प्रहार गरेका छन् । चन्द्रपुर ४ स्थित मनिषा सुनचाँदी पसलका सञ्चालक दिपक विकले श्रीमती दिपिकालाई एसिड प्रहार गरेका हुन् । पाखुरा र पेटमा एसिडले घाउ भएकी दिपिकाको स्थानीय एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

घरायसी विवादमा उनले पत्नीलाई शनिबार एसिड प्रहार गरेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछाने जानकारी दिएका छन् । शनिबार साँझै प्रहरीले दिपकलाई पक्राउ गरेको हो । अनुहारमा एसिड नपरेको कारण दिपिकाको अवस्था खतरामुक्त रहेको एपोलो अस्पतालका चिकित्सक एके यादवले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७