भारतीय खोप ‘कोभ्याक्सिन’ ले अमेरिकामा अनुमति पाएन


३० जेष्ठ २०७८, आईतवार

नयाँदिल्ली, ३० जेठ । अमेरिकाले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिन अस्वीकार गरेको छ ।

अमेरिकाको औषधि नियामक संस्था एफ.डी.ए.ले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन अस्वीकार गरेको हो । भारतको नीति आयोगका सदस्य डाक्टर भीके पलले अमेरिकाको फैसलालाई स्वीकार गरिनुपर्ने बताए ।

भीके पलका अनुसार भारतीय खोप भरपर्दो छ । यद्यपि, भारतीय र अमेरिकी प्रणालीमा अन्तर भएकाले यस विषयलाई ठूलो रुपमा हेर्नु नहुने उनले बताएका छन् । कोभ्याक्सिनले नेपालमा भने अनुमति पाएको छ । यो खोप पनि दुई डोज लगाउनु पर्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७