युरोकप : बेल्जियम र फिनल्याण्ड विजयी

मैदानमै हृदयघात भएका डेनमार्कका खेलाडी खतरामुक्त


३० जेष्ठ २०७८, आईतवार
1320771
ST PETERSBURG, RUSSIA – JUNE 12, 2021: Russia’s Yuri Zhirkov, Daler Kuzyayev and Belgium’s Dries Mertens, Timothy Castagne (L-R) fight for the ball in their UEFA Euro 2020 Group B football match at Gazprom Arena. Alexander Demianchuk/TASSÐîññèÿ. Ñàíêò-Ïåòåðáóðã. Èãðîêè ñáîðíîé Ðîññèè Þðèé Æèðêîâ, Äàëåð Êóçÿåâ è Áåëüãèè Äðèñ Ìåðòåíñ, Òèìîòè Êàñòàíü (ñëåâà íàïðàâî) â ìàò÷å ÷åìïèîíàòà Åâðîïû ïî ôóòáîëó Åâðî-2020 ìåæäó êîìàíäàìè Áåëüãèè è Ðîññèè. Àëåêñàíäð Äåìüÿí÷óê/ÒÀÑÑ

काठमाडौं, ३० जेठ । युरोकप फुटबलमा बेल्जियम र फिनल्याण्ड विजयी भएका छन् । समूह बी अन्तर्गत गए राति रुसमा भएको खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई तथा थोमस मुनिएरले एक गोल गरे । यही समूहको अर्को खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हरायो ।

डेनमार्कमा भएको खेलमा पाहुना टोली फिनल्याण्डलाई विजयी गराउन जोएल पोयानपालोले ६० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
यो खेललाई परिणामले भन्दा पनि डेनिस खेलाडी क्रिश्चियन एरिक्सनको स्वास्थ्य समस्याले छायामा पा¥यो । खेलको ४० औं मिनेटमा हृदयघात भएर एरिक्सन मैदानमा ढलेपछि खेल रोकियो ।

१५ मिनेटसम्म मैदानमै उपचार गरेपछि उनलाई अस्पताल लगियो । अस्पतालमा करिब एक घण्टापछि उनलाई होस आएको खबर सार्वजनिक भएपछि मात्रै खेल पुन सुचालु भएको थियो । अहिले एरिक्सनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ । युरोकप फुटबलअन्तर्गत हिजो भएको समूह ए को खेलमा स्विट्जरल्याण्ड र वेल्सले एक एक गोलको बराबरी खेलेका छन् ।

युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् । आज साँझ पौने ७ बजे इंग्ल्याण्ड र क्रोएसिया भिड्दा राती पौने १० बजे अष्ट्रिया र उत्तरी मेसेडोनिया तथा पौने १ बजे नेदरल्याण्ड्स र युक्रेन भिड्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७