‘लाल मस्तिष्क’ चलचित्र बनाउने रेखा थापाको घोषणा


१५ फाल्गुन २०७४, मंगलवार
rekha thapa

काठमाडौं, १५ फागुन । नायिका रेखा थापाले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन् । रेखा फिल्मसको पाँचौ प्रस्तुतिका रुपमा ‘लाल मस्तिष्क’ निर्माण घोषणा गरिएको हो । नर कार्की, सरस्वती थापा र तारा थापा निर्माता रहने उक्त चलचित्रको निर्देशन सम्झना उपे्रतीले गर्नेछन् ।rekha thapa
द्धन्द्ध निर्देशकका रुपमा राजकुमार उपे्रती रहेनछन् । त्यस्तै नृत्य निर्देशक बसन्त श्रेष्ठलाई अघि सारिएको नायिका थालेको जानकारी दिएकी छन् । चलचित्रको कथा वस्तुको परिकल्पनाकार स्वयम नायिका रेखा थापा र नर कार्की रहने छन् ।

चलचित्रको आगामी २०७५ साल जेठ महिनादेखि छायांकन गरिने नायिका थापाले जानकारि दिएकी छन् । चलचित्र पनि लक्ष्मी पूजाको दिनमा प्रदर्शनमा आउने छ ।

चलचित्रको छायांकन राम शरण उप्रेतीले गर्नेछन् । चलचित्रको छायांकन कर्णाली प्रदेश र अन्य केही स्थानमा गरिनेछ ।

चलचित्र ‘लाल मस्तिष्क’ को स्क्रीप्ट शिबम अधिकारीले लेखेका हुन । चलचित्रको मूख्य भूमिकामा रहने कलाकारको नाम सार्वजनिक नगरिएको चलचित्र ‘लाल मस्तिष्क’मा सुरेश अधिकारीको संगीत रहनेछ ।

रेखा थापाले केही गत लक्ष्मी पुजामा रिलिज भएको चलचित्र ‘रुद्रप्रिया’ लाई केही समय अघि मात्रै यूटुवमा सार्वजनिक गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७