गण्डकीको पहिलो मन्त्रिपरिषद वैठक : पूर्व मुख्यमन्त्रीलाई सेवा सुविधा दिन ऐन बनाइने


३० जेष्ठ २०७८, आईतवार
krishna chandra 2

पोखरा, ३० जेठ । गण्डकी प्रदेशले पूर्व मुख्यमन्त्रीको सेवा सुविधाबारे ऐन बनाउने भएको छ । आज बसेको पहिलो मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यस्तै सरकारको प्रवक्तामा कुमार खड्कालाई तोकिएको छ ।

पूर्व मुख्यमन्त्रीको सम्मानबारे ऐन बनाएर जाने निर्णय भएको प्रवक्ता खड्काले जानकारी दिएका छन् । प्रदेशको स्रोत साधान अनुसार पूर्व मुख्यमन्त्रीलाई सेवा सुविधा प्रदान गरिने उनले बताए ।

यस्तै गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नै प्रस्तुत गर्ने भएका छन् । अर्थमन्त्रालयको जिम्मेवारी नेपालीसँगै छ । १ गते बजेट ल्याउनै पर्ने बाध्यता प्रदेश सरकारसँग छ । पोखरेल शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । छिट्टै नै प्रदेश सरकारले विश्वासको मत लिने खड्काले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७