कर्णालीका मुख्यमन्त्रीलाई एमाले प्रदेश सभा दलको बजेटसम्बन्धी १९ बुँदे मागपत्र (पत्रसहित)


३० जेष्ठ २०७८, आईतवार
mahendra bahadur shahi

सुर्खेत, ३० जेठ । कर्णाली प्रदेश सरकारले ल्याउने आउँदो आर्थिक वर्षको बजेटमा आफूले प्रस्ताव गरेका कार्यक्रम समावेश गरी सोहीअनुसार विनियोजन गरियोस् भन्दै एमाले प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १९ बुँदे पत्राचार गरेको छ ।

मुख्यमन्त्री शाहीलाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले पत्र पठाएका हुन् । पत्रमा विभिन्न शीर्षकका कार्यक्रम सिफारिस गर्दै बजेट तोकेरै विनियोजन गर्न माग गरिएको छ ।

यसअनुसार दशौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गरी प्रदेश रंगशाला निर्माणका लागि न्यूनतम ५० करोड बजेट व्यवस्था गर्न, लोकप्रिय जनता सडक कार्यक्रमलाई निरन्तरता दिई प्रतिनिर्वाचन क्षेत्र कम्तीमा १० करोड बजेट विनियोजन गर्न माग गरिएको छ ।

uml patra karnali1
uml patra karnali2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७