राजधानीमा हुने चलचित्र महोत्सव कर्णाली प्रदेशमा


१५ फाल्गुन २०७४, मंगलवार
film mahotsab

काठमाडौं, १५ फागुन । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार मानव अधिकार चलचित्र महोत्सव सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्र संघीय विकास (युएनडिपि) र मानव अधिकार चलचित्र केन्द्रको सहकार्यमा हरेक वर्ष काठमाडौंमा आयोजना हुने चलचित्र महोत्सव सुर्खेत, जुम्ला, धनगढी र जनकपुरमा आयोजना गरिएको हो । film mahotsab

महोसत्वमा प्रदेशका समाज विकास मन्त्री दलबहादुर राउतले मानव अधिकारको विषयमा बनेको चलचित्र हेर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । चलचित्रले समाजलाई केही मात्रामा भए पनि परिवर्तन गर्ने अपेक्षा लिएका उनले बताए ।

मानव अधिकार लागि सिनेमा भन्ने उद्देश्यले नेपालका विभिन्न चार स्थानहरूमा महोत्सवको आयोजना गरिएको हो । सुर्खेतमा तीन चलचित्रहरू प्रर्दशन गरिएको हो ।

‘ददिया’, ‘भुसको लोग्ने’ र ‘इन सर्च अफ देवकी’ देखाइएको थियो । कार्यक्रममा पत्रकार, चलचित्रकर्मी, सुरक्षाकर्मी, मानवअधिकारकर्मीलगायत उल्लेखनीय दर्शकको उपस्थिति थियो । फिल्मले पनि मानव अधिकारका मुद्दा बोकेको हुन्छ ।

चलचित्र केन्द्रका अध्यक्ष चिरञ्जीवी कर्ण्वियारीले चलचित्र काठमाडाैं मात्र नभई अन्य ठाउँहरूमा पनि मानव अकिारका फिल्म देखाउन आवश्यक रहेको बताए । यसले स्थानीय पत्रकार, चलचित्रकर्मी, मानवअधिकारर्मी तथा बुद्धिजीविले मानव अधिकारको मुद्दालाई उठाउन जागरुक गराउँछ । न्यायको गतिलो हतियार फिल्म पनि हो भन्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७