जसपाबारे आयोगले भन्यो–दुबै पक्षको कारवाही कानुनसम्मत देखिएन

‘साविककै पदाधिकारी कायम रहन्छ’


३० जेष्ठ २०७८, आईतवार
Upendra mahantha

काठमाडौं, ३० जेठ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै पक्षले गरेको कारबाहीको अभिलेखीकरण गर्न अस्वीकार गरेको छ ।
आज (आइतबार) बसेको आयोगको बैठकले जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव रहेको साविककै कमिटी कायम रहने निर्णय गरेको छ । आयोगले एकअर्कालाई कारबाही गरेको निर्णय पार्टीको विधानसम्वत नदेखिएको निष्कर्ष निकालेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त निर्णयका रुपमा निर्वाचन आयोगले जसपाका दुबै पक्षको निवेदनलाई खारेज गरिदिएको हो ।

‘एक जना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न मिलेन,’ आयोगको फैसलामा भनिएको छ, ‘पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरी अद्यावधिकका लागि अनुरोध भई आएकोमा माग वमोजिम… अद्यावधिक गर्न मिलेन ।’

आयोले अध्यक्षलाई हटाउँदा माथिल्लो कमिटीले पारित गर्नुपर्ने भए पनि त्यस अनुसार नभएकोले विधान अनुसार नभएको बताएको हो । आयोगले कारबाहीको विधान अध्यावधिक गर्न नमिलेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७