‘ह्याप्पी डेज’ सरेको सरै : चैत २ गते प्रर्दशनमा आउने

एक लाखको कभर भिडियो प्रतियोगिता


१५ फाल्गुन २०७४, मंगलवार
happy days

काठमाडौं, १५ फागुन । चलचित्र ‘ह्याप्पी डेज’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ। निर्माण पक्षको अनुसार चलचित्र अब चैत्र २ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । यस अघि चैत १६ मा प्रदर्शन गर्ने भएता पनि अब चलचित्र दुई साता अघि नै रिलिज हुने निर्देशक मिलन चाम्सले जानकारी दिए ।happy days

ह्याप्पी डेजको प्रदर्शन मिति मङ्सिर १५ बाट माघ ११ लाई सरेको थियो । तर माघ ११ मा बलिउडका दुई ठूला फिल्म ’पद्मावत’ र ‘प्याडम्यान’ प्रदर्शन हुने भनिएपछि फिल्म पुनः एकपटक पर सर्यो । तेस्रोपटक चैतको १६ गते फिल्म सार्वजनिक हुने भनियो । तर अब पुनः फिल्म दुई साता अगाडी सरेको छ ।

दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित फिल्मले बेलायती आइडीवाली युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्षको कथा बोल्छ । फिल्मको सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ ।

बिपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन समावेश छ ।

कभर भिडीयो प्रतियोगीता आयोजना
नयाँ रिलिज मितिसँगै निर्माण पक्षले कभर भिडियो प्रतियोगिता पनि घोषणा गरेको छ ।  जसमा सहभागी हुन् इच्छुकले हिट गीत ‘चेप्टे चेप्टे पेरुंगो’मा कभर भिडियो बनाउनु पर्नेछ । कभर भिडियो तयार भएपछि जुन सुकै युट्युब च्यानलबाट अपलोड गरी ‘हयाप्पी डेज’ अफिसियल फेसबुक पेजमा लिङ्क सेन्ड गर्नु पर्नेछ ।happy days

युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई निर्माण पक्षले विजय घोषणा गरि १ लाख नगद पुरस्कार प्रदान गर्नेछ । कभर भिडियो प्रतियोगिताको अन्तिम समय फागुन मसान्तसम्म रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७