२७ वर्षीया पोर्न स्टार डाकोटा आफ्नै घरमा मृत्त फेला


३१ जेष्ठ २०७८, सोमबार
unnamed 1

काठमाडौं, ३१ जेठ । अमेरिकाको लसएञ्जलस २७ वर्षीया पोर्न स्टार डकोटा स्काइको मृत्यु भएको छ । उनी घरमा उनी मृत भेटिएकी हुन् । स्काइको मृत्युको कारण अहिले खुल्न सकेको छैन ।

रिपोर्टका अनुसार उनी आफ्नो निजी निवासमा निक्कै चिन्तित रहेकी थिइन् । अनलाइन ट्रोलको निसाना आफूमा परेकामा समेत चिन्तित थिइन् । हालै उनको एक तस्बिर भाइरल भएको थियो । उक्त तस्बिर उनले जर्ज फ्लोयडको तस्बिरको अगाडि टपलेस पोजमा खिचाएकी थिइन् । उक्त तस्बिरलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो ।

तस्बिरका कारण उनलाई ज्यान मार्ने धम्की समेत मिलेको थियो । उनको निधनको समाचारले सबैलाई हैरान बनाएको छ । पुलिस अधिकारीले अनुसन्धान गरिरहेका छन् । निधनको कारण खुल्न सकेको छैन । डकोटा स्काइको सक्कली नाम लरेन केय स्कोट हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७