फरार भनिएका सिलवाल मन्त्री बन्ने तयारीमा


१५ फाल्गुन २०७४, मंगलवार
navraj

काठमाण्डौं, १५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा पूर्व डिआइजी तथा एमाले सांसद नवराज सिलवाल पनि बन्ने देखिएका छन् ।navraj

प्रहरीको खोजीको सूचीमा रहेका सिलवाल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँग मन्त्री बन्ने लाइनमा देखिएका हुन् । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व डीआइजी समेत रहेका एमाले सांसद नवराज सिलवाललाई गृह राज्यमन्त्री बनाउन छलफल शुरु गरेको एमाले नेताहरु बताउँछन् । ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित सांसद सिलवाललाई गृह राज्यमन्त्री बनाउन प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेको ओली निकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले पूर्व गर्भनर डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएर विज्ञताको आधारमा जिम्मेवारी दिने संकेत गरिसकेका छन् । अर्थ मन्त्रालयको लागि ओली निकट नेताहरु ईश्वर पोखरेल र प्रदिप ज्ञवाली लविङमा रहे पनि अन्तिममा प्रधानमन्त्रीले अर्थविज्ञ समेत रहेका डा. खतिवडालाई मन्त्रालयको वागडोर सम्हाल्ने जिम्मा दिएका थिए । यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल पनि सिलवाललाई राज्यमन्त्री बनाउन सकरात्मक रहेको स्रोतको दाबी छ । पार्टी एकीकरण गर्ने निर्णय गरिसकेका एमाले र माओवादी केन्द्रका नेताहरुले सिलवाललाई राज्यमन्त्री बनाउन सकिने सुझाव समेत प्रधानमन्त्रीलाई दिएका छन् ।

माओवादी नेता रामबहादुर थापा बादलले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै ओलीले प्रचण्ड र बादलसँग सिलवाललाई गृह राज्यमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । अर्को पटकको मन्त्रिमण्डल विस्तारका क्रममा सिलवाललाई गृह राज्यमन्त्रीको सपथ ग्रहण गराउने तयारीमा प्रधानमन्त्री ओली रहेको बालकोट स्रोतले जनाएको छ । यता सांसद सिलवालले भने यसबारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

उनले पार्टी र देशले जिम्मेवारी दिए आफू जुनसुकै भूमिकामा पनि काम गर्न तयार रहेको बताएका छन् । सिलवाल नेपाल प्रहरीमा डिआइजी हुँदा दर्जनौ लोकप्रिय काम गरेर चर्चामा थिए । उनलाई प्रहरीमा सबैले रोल मोडलका रुपमा हेर्ने गरेको प्रहरीकै उच्च अधिकारीहरु बताउंछन् । तर एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनभन्दाअघि योग्यता कागजात कीर्ते गरेको आरोपमा उनलाई प्रहरीले पक्र्न रेड कर्नर नोटिस नै जारी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७