३८ श्रीमती, ८९ छोराछोरी र ३३ नाति नातिना भएका जिओना चानाको निधन


३१ जेष्ठ २०७८, सोमबार
6de5745e337806914594b7acb6e7341f w1000 h500 cp

काठमाडौं, ३१ जेठ । विश्वकै सबैभन्दा ठूलो परिवार भएका भारतमा जिओना चानाको ७६ वर्षको उमेरमा निधन भएको छ । एनडीटीभीका अनुसार ३८ श्रीमती, ८९ छोराछोरी र ३३ नातिनातिना भएका जिओनाको आइतबार निधन भएको हो ।

मिजोराम राज्यका मुख्यमन्त्री जोराम थांगाले ट्वीटरमा विश्वकै ठूलो परिवार भएका जिओना चानाको निधन भएको जानकारी दिएका छन् ।
डाएबिटिज र हाइपरटेन्सनबाट प्रताडित उनको आइतबार दिउँसो ३ बजे अ‍ैजवालको ट्रिनिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

जिओना चाना समूहका प्रमुख थिए । उनी बस्ने गाउँमा ४ सय परिवार बसोबास गर्दछन् । सो समुदायमा पुरुषलाई बहु विवाह गर्न छुट रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७