तरकारीवालीको चलचित्र ‘लम्फू’को पहिलाे गीत सार्वजनिक (भिडियोसहित)


१५ फाल्गुन २०७४, मंगलवार
khusham shrestha tarkariwali

काठमाडौं, १५फागुन । तरकारीवाली हासट्यागले भाइरल भएकी कुशुम श्रेष्ठ अभिनित फिल्म ‘लम्फू’को पहिलो गीत सार्वजनिक भएको छ । आउने बैशाख २८ मा रिलीज हुने फिल्मको ‘सँगै जिउने सँगै मर्ने’को भिडियो रिलीज भएको छ । यो गीत अडियोमा निकै रुचाईएको गीत हो ।

khusham shrestha tarkariwali
कुशम श्रेष्ठ ।

चलचित्रमा कुशुम श्रेष्ठसँगै कबिर खड्का र मरिष्का पोखरेल रहेका छन् । त्यस्तै, अन्य कलाकारहरु चाँदनी शर्मा र सञ्जित भण्डारी पनि यो गीतको भिडियोमा रहेका छन् ।
प्रेमिल जोडीले प्रेम साटासाट गरेको भाव व्यक्त हुने गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् । अर्जुन पोखरेलको संगीत रहेको गीतमा शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ । चलचित्रका सबै गीतमा पोखरेलको नै संगीत रहेको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा सलोन बस्नेतको पनि प्रमूख भुमिका रहेको छ । यस चलचित्रमा कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतको अभिनय रहेको छ ।

चलचित्रमा एक युवाको जीवनमा नचाहेरै आईपर्ने विभिन्न उतारचढाव पाईने निर्देशक लामिछानेले बताएका छन् । लामिछानेका अनुसार जीन्दगी जिउने सन्दर्भमा समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको छ ।

‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका छन्, जसमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७