नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ : राणा


२६ आश्विन २०७४, बिहीबार

भक्तपुर: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (माओवादी केन्द्र)ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताएका छन् ।Pasupati Samser rana

बिहिबार रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी हो भने ।

अध्यक्ष राणाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उपत्यकाभित्रै भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्षको हत्याले सुरक्षा अवस्था कमजोर रहेको तथ्य प्रस्ट्याएको बताए ।उनले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको दुई–चार दिनमै पार्टी एकता हुने विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७