भारतीय सेनामा अब नेपाली महिलालाई पनि भर्ती खुल्ला


३१ जेष्ठ २०७८, सोमबार
Indian women Army

काठमाडौं, ३१ जेठ । नेपाली महिलाहरूले पनि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन्। नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला भर्ना हुन पाउने जानकारी दिएको हो।

आगामी जुलाई २० सम्म इच्छुकले निवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । भारतको अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा छनौट हुने भएको छ ।

१७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएकाले आवेदन दिन सक्ने भएका छन् । गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको जनाइएको छ भने वीर नारीहरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ ।

नेपाली भाषामा जारी सूचनामा भैतिक परीक्षाको मापदण्ड पनि तोकिएको छ । सैनिक,भूपू सैनिक,वीर नारी र विधवा सैनिकका छोरीहरुको लागि तौलमा २ केजीको छुट र लिखित परीक्षामा २० अंकको बोनस प्राप्त गर्ने जनाइएको छ ।

Indian army Gurkha

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७