गायक हेमन्त शर्मा र एलिना चौहानको नयाँ गीत सार्वजनिक


३१ जेष्ठ २०७८, सोमबार
Hemant Sharma Eleena Chauhan

काठमाडौं, ३० जेठ । लोकप्रिय गायक हेमन्त शर्मा र गायिका एनिला चौहानको नयाँ गीत सार्वजनिक भएको छ । आज (सोमबार) ‘ए मेरी असफल मायालु’ बोलको नयाँ सार्वजनिक भएको हो ।

गीतमा गायक शर्माको स्वरसँगै शब्द, संगीत र अभिनय रहेको छ । उनलाई गायिका एलिना चौहानले स्वरसँगै अभिनयमा पनि साथ दिएकी छिन् । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतमा कृष्ण बिकले संगीत संयोजन गरेका छन् ।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांकन रहेको छ भने विकास धमलाले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियो गायक शर्माले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । प्रायः जसो वियोगान्त गीत ल्याइराख्ने उनले यसपटक पनि कोरोना दोस्रो भेरिएन्टको महामारीबीच गीत ल्याएका हुन् ।

गीतमा आफ्नी असफल प्रेमिकालाई ‘आफनो याद आउँछ कि आउँदैन ?’ भनेर प्रश्न गरेका छन् । भने प्रेमिकाले ‘यादले सिरानी आँसुले सधैं भिजाउँने’ भाव व्यक्त छन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७