शेरबहादुर र प्रचण्ड माधव नेपाल निवास कोटेश्वरमा : यी ६ बिषयमा छलफल


३१ जेष्ठ २०७८, सोमबार
Mahav Nepal Parchanda Sher Bahadur deuba

काठमाडौं, ३१ जेठ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट वार्ता गरेका छन् । कोटेश्वरस्थित नेता नेपालको नीजि निवासमा तीन नेताबीच झण्डै डेढ घण्टा विविध बिषयमा छलफल भएको हो ।

वरिष्ठ नेताका सचिवालय अनुसार साढे पाँच बजेतिर कांग्रेस सभापति देउवा महामन्त्री पूर्णबहादुर खड्का सहित पुगेका थिए । केही समयपछि माओवादी अध्यक्ष प्रचण्ड पुगेका थिए । सचिवालय स्रोतका अनुसार उनीहरुबीच पछिल्लो राजनीति घटनाक्रम बारेमा कुराकानी भएको छ ।

यसैगरी वर्तमान लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर लैजाने बिषयमा कुराकानी भएको छ । सचिवालय स्रोतले भन्यो, ‘वर्तमान गठबन्धन एकले अर्कालाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो भन्नेमा फेरि एक पटक नेताहरु स्पष्ट बन्नुभएको छ ।

यसैगरी आपसी सम्बन्धबारे छलफल, एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने बिषयमा पनि उनीहरुबीच कुराकानी भएको छ ।

यसैगरी कोभिड न्यूनीकरणका लागि सरकारको प्रयास फितलो भएकोबारे पनि चर्चा भएको छ । कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग गर्ने बिषयमा छलफल भएको हो ।

यसैगरी अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नवारे छलफल, अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउने बिषयमा पनि छलफल भएको छ ।

यस्तै राज्यका कतिपय अंग र केही संबैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आंशका, निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण गराउने बिषयमा पनि छलफल भएको छ । यसैगरी उनीहरुबीच पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यको बारेमा पनि कुराकानी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७