आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्दै आईएमई लाइफको साधारण सभा सम्पन्न


३१ जेष्ठ २०७८, सोमबार

काठमाडौं, ३१ जेठ। आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीको आज सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उक्त विशेष प्रस्ताव पारित गरेको हो । साथै कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६र०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य पनि गरेको छ । सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य प्रस्ताव पनि सभाले पारित गरेको छ ।

सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा।रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न सभाले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७५र०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७५र०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने लगायतका अन्य कार्य गरेको छ ।

सभामा बोल्दै अध्यक्ष डा।अर्यालले बीमा व्यवसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पहुँच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पु¥याउन कटिबद्ध रहेको प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७