२०७८ असार १ गते मंगलबारको तपाईको राशिफल


१ असार २०७८, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । दैनिकी कार्य सहज हुँदै जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । श्रमको उचित मल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागती भइएला । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
निर्णायक क्षमतामा कमी आउने छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने छ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । धार्मिक कार्यमा रुचि बढ्ने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रने छ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेम सम्बन्धमा मनमुटाव रहला । सामान हराउने पनि सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्ने छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । धार्मिक कार्यमा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
न्यायिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । नयाँ कार्य वा रोजगार पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भाग्यले विभिन्न अवसर जुराउने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कुनै कुराले मनमा प्रसन्नता छाउने छ । नयाँ कार्यको योजना बन्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । शुभ कार्यको चर्चा पनि चल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७