युरोकप : स्पेन र स्वीडेनले अंक बाँडे


१ असार २०७८, मंगलवार
spian sweden p4j82VQcgD

काठमाडौं, १ असार । युरोकप फुटबलमा स्पेन र स्वीडेनले बराबरी खेलेका छन् । गए राति भएको खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।

गोल गर्ने अवसर पाए पनि स्पेनले त्यसको सदुपयोग गर्न सकेन । यस्तै, स्वीडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन । खेल बराबरीसँगै समूह ‘ई’ को स्पेनले १ अङ्क जोडेको छ । स्पेन समूहको दोस्रो स्थानमा रहेको छ । स्वीडेन १ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७