कोपा अमेरिका : मेस्सीको गोल अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो


१ असार २०७८, मंगलवार

काठमाडौं, १ असार । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीको खेल बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । तर, खेलको ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै समूह ‘ए’ मा रहेका दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७