रिंगिटमा सुधार, नेपाली लाभान्वित


१५ फाल्गुन २०७४, मंगलवार
ringit

क्वालालम्पुर: अमेरिकी राष्ट्रपति निर्वाचनसँगै डलरको भाउ बढेपछि मलेसियन मुद्रामा गिरावट अनु आएको थियो । त्यास समय विश्वबजारमा पेट्रोलियम पदार्थ एवं तेलको मूल्यमा समेतमा गिरावट आएका थिए । तर, अब मेसियान मुद्रामा बिस्तारै सुधार हुँदै गएको छ ।

ringit
फाइल तस्बिर

मलेसियन मुद्रामा ३ महिना देखि यता क्रमशः सुधार हुँदै आएको हो । मुद्रा सुधारले गर्दा नेपालीलाई लाभान्वीत हुने छ । गत वर्ष मलेसियाबाट नेपाल रकम पठाउँदा बैङ्क एवं रेमिटान्स कम्पनीहरूले प्रति रिंगिट २३.५० रुपैयाँमा कारोबार हुने गरेको थियो । हाल त्यसमा सुधार आएका छन् । अहिले २६.५० रुपैयाँको हाराहारीमा कारोबार भैरहेका छन् ।

आज सम्म नेपाल राष्ट्र बैङ्कले प्रति रिंगिट २६.५१ रुपैयाँमा कारोबार भइरहेको छ । मलेसियामा वैध तथा अवैध अवस्थामा गरी लगभग ५ लाखभन्दा बढी नेपाली कार्यरत छन् । रिंगिटको भाउ घटेपछि नेपाली कामदार मर्कामा परेका थिए । रिंगिटको भाउ घटेकै कारण मलेसिया आउने नेपालीका सङ्ख्यामा पनि गिरावट आएका थिए ।

वैदेशिक रोजगार विभागको एक तथ्याङ्क अनुसार पहिलो आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ३१ हजार २ सय ७७ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका थिए । यो अवधिमा कुल ८४ हजार ७ सय ७६ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये करिब ३६ प्रतिशतले मलेसियाका लागि श्रम स्वीकृति लिए ।

नेपाल राष्ट्र बैङ्कको एक तथ्याङ्कअनुसार गत वर्ष दक्षिण पूर्वी एसियाली मुलुकहरूबाट मात्रै वार्षिक झन्डै डेढ खर्ब रुपैंया रेमिटान्स भित्रिन्छ । उक्त रकमको ठुलो हिस्सा मलेसियाबाटै भित्रिने गरेको छ । यद्यपि चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपाल भित्रिने रेमिटेन्स करिब ०.८९ प्रतिशतले घटेको सरकारी तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७