एसइई मूल्यांकन : विद्यार्थीलाई ८० भन्दा बढी नम्बर दिंदा कारण खुलाउनु पर्ने (कार्यविधि)


१ असार २०७८, मंगलवार
102814033 rss images 1521701708935 rs ktm 20180322 20180322075850 0d3a1988 see

काठमाडौं, १ असार । यो वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को मूल्यांकन गर्दा कुनै पनि विद्यार्थीले ८० भन्दा धेरै अंक ल्याए शिक्षकले कारण खुलाउनु पर्ने भएको छ ।

शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दिए त्यसको कारण खुलाउनुपर्ने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गरेको हो । बोर्डले गत वर्ष जस्तै यस वर्ष पनि एसइईका विद्यार्थीको मूल्यांकन गर्ने जिम्मा सम्बन्धित विद्यालयलाई नै दिएको छ । कोभिड महामारीको कारण गत वर्ष जस्तै यस वर्ष पनि एसइई परीक्षा सञ्चालन हुन नसकेपछि सरकारले विद्यालयको आन्तकिर मूल्यांकनकै आधारमा विद्यार्थीको नतिजा सार्वजनिक गर्ने तयारी अघि बढाएको छ ।

केही दिनअघि बसेको बोर्डको बैठकले कुनै पनि विषयमा विद्यार्थीले ८० भन्दा बढी अंक ल्याए शिक्षकले त्यसको कारण खुलाउनुपर्ने नियम बनाएको हो । गत वर्षको मूल्यांकनमा विद्यालयले जथाभावी अंक दिँदा विद्यार्थीको मूल्यांकनमै प्रश्न उठेपछि यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार विगतबाट पाठ सिक्दै ८० नम्बर भन्दा माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधि बनाइएको छ ।

‘गत वर्ष विद्यालयले विद्यार्थीको मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको पाइएको थियो । हामीले शिक्षकमाथि विश्वास ग¥यौ, तर उहाँहरुले मर्यादा कायम राख्नुभएन,’ अर्यालले भने, ‘कहिल्यै जिपिए ४ नल्याउने विद्यार्थीले पनि ४ ल्याएको देखियो । यस्तो विकृति रोक्न यस वर्षदेखि यस्तो व्यवस्था गरिएको हो ।’

विद्यार्थीको मूल्यांकनको मार्यादा कायम राख्न यसपटक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समितिसमेत गठन गर्ने व्यबस्था गरिएको बोर्डले जनाएको छ । प्रधानाध्यापक संयोजक रहेन उक्त समितिमा सम्बन्धित विद्यालयका गणित, अंग्रेजी, विज्ञान विषय पढाउने शिककका साथै एक जना वरिष्ठ शिक्षक रहने व्यवस्था गरिएको छ ।

विद्यार्थीको हाजिरी र प्रस्तुतिलाई आधार मानेर २० प्रतिशत, त्रैमासिक परीक्षाको मूल्यांकनलाई आधार मानेर ५५ प्रतिशत र प्रयोगात्मक परीक्षाको नतिजालाई आधार मानेर २५ प्रतिशतसम्म अंक दिन सकिने कार्यविधि बोर्डले तय गरेको छ ।

यस वर्षको एसइई नतिजा आगामी साउन १५ सम्ममा सार्वजनिक गरिसक्ने बोर्डको तयारी छ । त्यसका लागि यही असार १५ गतेसम्म देशैभरीका विद्यालयहरुले विद्यार्थीको मूल्यांकन नतिजा केन्द्रमा पठाइसक्नुपर्ने छ ।
हेर्नुस् कार्यविधि

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७