कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ४ बजे


१ असार २०७८, मंगलवार
Karnali Pradesh Sabha

सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि पेश गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि प्रदेशसभाले नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रदेशसभा बैठक बस्नुअघि नेकपा एमालेको संसदीय दलले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । प्रदेशसभामा सभामुखसहित एमालेका २०, कांग्रेस र माओवादीका १८ र राप्रपाका एक सांसद छन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै बैठक स्थगित गरिएको छ । अब दिउँसो ४ बजे बस्ने अर्को बैठकमा आर्थिक वर्ष २०७८/७९ को अनुमानित आय–व्यय विवरण (बजेट) प्रस्तुत हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७