खोलाले बगाउँदा दुईको मृत्यु


१ असार २०७८, मंगलवार
badhi
फाइल फोटो

सल्यान, १ असार । केही दिनदेखिको अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा सल्यानको दार्मा गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान खोला तर्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

ठाडो खोलाले बगाउँदा दार्मा गाउँपालिका ४ रतिमारेका ४० वर्षीय वीरमान बिक र वडा नम्बर ५ गौछेकी २९ वर्षीया गीता खड्का रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी गराएको छ ।

वीरमानलाई अर्को गाउँबाट घर फर्कने समयमा स्थानीय खाली खोला र खड्कालाई ठूलोखोलाले बगाएको सल्यानका डीएसपी गोविन्द थापाले बताए । घटनास्थलमा फारुलाबाट प्रहरी टोली गएको उनले जानकारी दिए । केही दिनदेखि लगातारको वर्षाले दार्मा खोलामा निर्माण गरिएको पक्की पुलमा क्षति पुर्‍याएको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७