११ वर्षीया बालिका बलात्कार आरोपमा ५३ वर्षीय गुरुङ पक्राउ


१ असार २०७८, मंगलवार
Kanchanpaur Arested

कञ्चनपुर, १ असार । कञ्चनपुरमा एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गुरुङले बालिकालाई ललाइफकाइ पटक–पटक जबरजस्ती करणी गर्ने गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

पक्राउ परेका गुरुङमाथि जबर्जस्ती करणी कसूरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७