मनाङमा भिषण बाढी : घर, पुल र सडक बगायो, तीन सय बढी विस्थापित


१ असार २०७८, मंगलवार
pahiro

मनाङ, १ असार । हिमाली जिल्ला मनाङमा आएको बाढीका कारण विस्थापित तीन सय बढीलाई सुरक्षित ठाउँमा सारिएको छ । डुबानमा परेका ताल गाउँ, चामे बजारका स्थानीयवासीसँगै जोखिममा रहेका अन्यलाई पनि सुरक्षित ठाउँमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

‘विस्थापित तथा जोखिममा रहेका गरी झण्डै तीन सय स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ’, उनले भने, ‘सुरक्षा निकायका साथै जनप्रतिनिधि अहिले उद्धार तथा विस्थापितहरूको स्थानान्तरणमा जुटिरहेका छन् ।’

e270011fd47fd7699173a9469e851a68 w1000 h500 cp

उनका अनुसार बाढीका कारण मनाङको नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर र मनाङ सदरमुकाम चामेका पाँच घर डुबानमा परेका छन् । बाढीले चामेकै तीन घर बगाएको छ भने १६ घर उच्च जोखिममा रहेका छन् ।

manang flood 3Opq6hODbH

बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल बगाएको छ भने पक्की पुलमा पनि नोक्सानी गरेको छ । बाढीले जिल्ला हुलाक कार्यालय र तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् गृह पनि बगाएको प्रजिअ लामिछानेले बताए । अहिले त्यहाँ बिजुली बत्तीको आपूर्ति ठप्प भएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७