काेरोना नियन्त्रणका लागि प्रदेश–मा ४४ करोड बजेट विनियोजन


१ असार २०७८, मंगलवार
Tanka angbuihang

विराटनगर, १ असार । प्रदेश–१ सरकारले कोभिड–१९ नियन्त्रणका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ आया–व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङ्गले स्वास्थ्य क्षेत्रका लागि तीन अर्ब २५ करोड बजेट विनियोजन गरेका हुन् ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि उक्त रकम विनियोजन गरिएको उहाँको भनाइ छ । सरकारले मेची अस्पताललाई दुई सय शय्या, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र कोशी कोरोना अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने भएको छ ।

सरकारले पुस्तकालय, संरचना र शैक्षिक सामग्री सुधार गर्ने जनाएको छ । शिक्षा क्षेत्रको विकासका लागि एक अर्ब १९ करोड बजेट विनियोजन गरेको मन्त्री आङ्बोहाङ्गले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७