रामप्रसाद स्मृति कविता महोत्सवमा ऐश्वर्य श्रेष्ठ प्रथम


१५ फाल्गुन २०७४, मंगलवार
ram prasad rai poem compitition

काठमाडौँ, १४ फागुन । रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिने ‘राष्ट्रिय कविता महोत्सव–२०७४’का लागि उत्कृष्ट पाँच कविता छानिएका छन् ।ram prasad rai poem compitition

वरिष्ठ साहित्यकार प्रदीप नेपाल, वरिष्ठ कवि जसराज किराती र प्राज्ञ एवं चर्चित कवि श्रवण मुकारुङ निर्णायक रहेको ‘कविता छनौट समिति’ले उत्कृष्ट पाँच कविता छनौट गरेको हो ।

प्रतिष्ठानका सचिव एवं कविता महोत्सवका संयोजक शशी लुमुम्बूका अनुसार महोत्सवका लागि करिब चार दर्जन कविता प्राप्त भएका थिए । ती मध्येबाट भोजपुरका ऐश्वर्य श्रेष्ठ प्रथम, काठमाडौँकी सीता भट्टराई द्धितीय, भोजपुरका बलिराज खम्बू, सागर घिमिरे र दार्चुलाका धर्मानन्द भट्ट तृतीय चयन भएका छन् ।

राष्ट्रपतिको प्रमुख आतिथ्यमा आगामी चैत्रमा आयोजना गरिने जननायक रामप्रसाद राईको जीवनीमा आधारित ‘राष्ट्रिय कविता महोत्सव’मा प्रथमलाई १५ हजार, द्धितीयलाई १० हजार र तृतीय तीन जनालाई जनही ७ हजार नगद, पदक र प्रमाणपत्र पुरस्कार प्रदान गरिने प्रतिष्ठानकी अध्यक्ष तारादेवी राईले जानकारी गराइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७