प्रदेश–१ को बजेट : कर्मचारीलाई खाजा खर्च, सासु–बुहारी सम्बन्ध सुधार्न ‘राष्ट्रपति आमा सम्मान कार्यक्रम’


१ असार २०७८, मंगलवार
Tanka angbuihang

विराटनगर, १ असार । प्रदेश–१ सरकारले आफ्ना मातहतका कर्मचारीलाई खाजा खर्च उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनले भने, ‘कर्मचारीको प्रोत्साहन बढाउनका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले कार्यालयमा हाजिर भएको दिनको आधारमा एक सय रुपैयाँ खाजा खर्च दिइने छ ।’
सासु–बुहारीको सम्बन्ध सुधार्न ‘राष्ट्रपति आमा सम्मान कार्यक्रम’
प्रदेश–१ सरकारले ‘राष्ट्रपति आमा सम्मान कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण प्रस्तुत गर्ने क्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्गले जन्म दिने आमाहरूप्रति सम्मानका लागि राट्रपति आमा सम्मान कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।

कार्यक्रममार्फत दुर्गम भेगमा रहेको अतिविपन्न परिवार र समुदायका महिला एवं समाजमा महत्वपूर्ण योगदान पुर्‍याएका आमाहरूको सम्मान गरिने मन्त्री आङ्बुहाङ्गले बताए । यस्तै कार्यक्रमले सासु–बुहारीको सम्बन्धलाई सुमधुर बनाउन उदाहरणीय काम गर्नेलार्ई सम्मान तथा पुरस्कृत गरिने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७