गण्डकीमा ३० अर्ब ३ करोड ९४ लाखको बजेट, खुम्चियो आकार (पूर्णपाठ)


१ असार २०७८, मंगलवार
krishna chandra nepali pokhrel 2

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । जसमा १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत र १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ चालुतर्फ रहेको छ ।

यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ । प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएकाले बजेटको आकार घटेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सम्बोधन गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा बजेट पेस गरेका हुन् । यसैगरी बजेटमा कोरोनाबाट प्रभावित क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ । महिलाको स्तन, पाठेघरको क्यान्सर र आङ खस्ने समस्याको निःशुल्क उपचार गराउने, बेवारिसे बालबालिकाको संरक्षण र ज्येष्ठ नागरिकलाई पनि सम्बोधन गरेको छ । पर्यटन, पूर्वाधार, कृषि, खेलकुदलाई पनि बजेटले प्राथमिकता दिएको छ ।
पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७