पूर्वी नवलपरासीमा ४० घर डुबे, नारायण नदी बस्तीमा पस्यो


२ असार २०७८, बुधबार
thumb 7

नवलपरासी, २ असार । लगातारको वर्षापछिको बाढीले पूर्वी नवलपरासीका ४० घर डुबानमा परेका छन् । गैंडाकोट नगरपालिका–२ को बोटे टोलमा रहेका ३५ घर डुबानमा परेपछि स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार नारायणी नदीको बाढी बस्ती पसेपछि स्थानीयलाई सारिएको हो ।

त्यसै गरी कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल डुबेका छन् । त्यहाँ फसेकालाई बुधबार बिहान उद्धार गरिएको र उनीहरूलाई नजिकको स्कुल वा सामुदायिक वनको भवनमा सार्ने तयारी भइरहेको प्रहरीले जानकारी दियो । पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७