बाढीले विध्वंस गरेपछि गृह जिल्ला सिन्धुपाल्चोक जाँदै सभामुख

‘विपत्ति प्रभावित नागरिकको तत्काल उद्धार र राहतमा जुट्न सबैमा अपिल गर्दछु’


२ असार २०७८, बुधबार
sindhupalchok

काठमाडौं, २ असार । सभामुख अग्निप्रसाद सापकोटा बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र जाने भएका छन् । बाढी पहिरोले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकमा क्षति गरेको भन्दै उनी आज १० बजे त्यसतर्फ जान लागेका हुन् ।

सभामुख सापकोटाले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपुरणीय मानविय र भौतिक क्षतिको खबरले स्तब्ध छु । विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु ।’

agniprasad sapkota 1536x864 1

गत सोमबार सभामुख सापकोटा कोभिड–१९ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न सिन्धुपाल्चोक पुगेका थिए । उनले बाह्रबिसे नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र र बलेफी गाउँपालिकाको जलविरेमा रहेको जलविरे प्राथमिक स्वास्थ्य केन्द्रलाई सामग्री हस्तान्तरण गरेका थिए ।

सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रवाती नदीमा हिजो साँझदेखि आइरहेको भीषण बाढीले त्यहाँ ठूलो जनधनको क्षति भएको छ । हराइरहेका सात जनामध्ये एक जनाको शव भेटिएको छ भने अरु ६ जनाको खोजी कार्य जारी रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७