सिन्धुपाल्चोक बाढी : घरको छतमा फसेकाको सेनाले गर्‍यो उद्धार (भिडियो)


२ असार २०७८, बुधबार
resque

सिन्धुपाल्चोक, २ असार । सिन्धुपाल्चोकमा बाढीका कारण घरको छतमा फसेका दुई जनालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
घरको तल्लो तला पुरिएपछि छतमा निस्किएर उनीहरूले हारगुहार गरिरहेका उनीहरूलाई सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको हो ।

सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हवाई उद्धार गरेको छ । उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरसहित विशेष तालिमप्राप्त टोली खटाइएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी–पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गरेका छन् । सडक तथा पुल बगाएर यातायात सम्पर्क विच्छेद भएको छ । सिन्धुपाल्चोकमा गएको बाढी पहिरोबारे अहिले गृह मन्त्रालयमा विपत् प्राधिकरणको बैठक जारी छ । नेपाली सेनाको हेलिकोप्टरमा स्वास्थ्यमन्त्री घटनास्थल जाने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७