१९ घण्टादेखि राप्ती नदीको टापुमा फसेका चार जनाको सशस्त्र प्रहरीले गर्‍यो उद्दार


२ असार २०७८, बुधबार
res

दाङ, २ असार । बिगत १९ घण्टादेखि दाङस्थित राप्ती नदीबीचको टापुमा फसेका चार जना व्यक्तिको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्दार गरेको छ । जिल्लाको लमही नगरपालिका–७ हसनापुर र राजपुर गाउँपालिका–२ बेलास्थित राप्ती नदीको बिच टापुमा हिंजो दिउँसो २ बजेबाट फसेकाहरुको उद्दार गरिएको हो।

टापुको दुबैतिर राप्तीको नदी बग्ने र बीचमा रहेको टापुमा दिउँसो बस्तु चराउन पुगेका उनीहरु अबिरल बर्षासँगै राप्तीमा बाढी आएपछि करिब ५० वटा गाईबस्तुसँगै अलपत्र परेका थिए । उद्दार गरिएका ब्यक्तिहरु लमही–७ बस्ने बर्ष ४८ को मन्सराम चौधरी, राजपुर–२ बस्ने वर्ष ५० की साबित्री यादव, सोहि ठाउँ बस्ने वर्ष २६ को राधेश्याम यादव र राजपुर ३ बस्ने वर्ष २५ को गणेश यादव रहेका छन् ।

राति ९ बजे उनीहरु फसेको जानकारी आए पनि रातको समयमा पानीको अत्यधिक बहाबका कारण उद्दारमा कठिनाइ भएको थियो । आज बिहानै सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाइ गणबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल र नम्बर ४१ रिजर्ब गण चन्द्रौटा कपिलबस्तुबाट सशस्त्र प्रहरी उपरीक्षक यादव बिश्वकर्माको कमाण्डमा गएको बिपद ब्यबस्थापनसहितको टोलीले ९ बजे चारै जनाको उद्दार गरी घर पठाएको हो । उनीहरुले चराउन लिएर गएका गाईबस्तु चाहिं सोहि टापुमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७