झलनाथ खनालले ईश्वर पोखरेललाई भने, ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड !’


२ असार २०७८, बुधबार
jhalanath isswor 20210616065609

काठमाडौं, २ असार । नेकपा एमालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज (बुधबार) भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड’ भनेर आग्रह गरेको पोखरेललाई उद्दृत गर्दै पत्रकार गणेश पाण्डेले जानकारी दिएका छन् । शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोखरेलले ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं !’ भनेका थिए ।

jhalanath issword 20210616065608

खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो ।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले बुधबार दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान लागेको जानकारी दिएका छन् । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै खनाललाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लैजान लागिएको बताए । खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ । नेता खनाललाई केहि समयअघि कोरोना संक्रमण भएको थियो । अस्पतालमा उपचार गराएपछि उनी संक्रमणमुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७