कोरोना भाइरस र चक्रवातका कारण उत्तर कोरियामा खाद्य संकट निम्तियो : किम जोङ


२ असार २०७८, बुधबार
kim jong

काठमाडौं, २ असार । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशमा खाद्य संकट निम्तनुमा कोरोना भाइरस र चक्रवात आँधीलाई जिम्मेवार ठहर्‍याएका छन् ।

उनले देशको अर्थव्यवस्थामा सुधार भएता पनि खाद्यान्नमा अभाव भएकाले अब सरकारको प्राथमिकता यो संकटलाई पार गर्नु रहेको बताए । मंगलबार सत्ताधारी वर्कर्स पार्टीको केन्द्रीय कमिटि बैठकको अध्यक्षता गर्दै किमले देशको समस्याको बारेमा चर्चा गरे साथै त्यसलाई समाधान गर्ने नीतिको समिक्षा गरे ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार सो वैठकले पञ्चवर्षीय आर्थिक योजना तय गरेको छ । जसमा खाद्यान्न र धातुको उत्पादन बढाइने विषय उल्लेख छ । ‘यस वर्षको पहिलो ६ महिनामा अर्थ व्यवस्थामा सुधार आएको छ र कुल औद्योगिक उत्पादन पछिल्लो समयको तुलनामा २५ प्रतिशत बढेको छ । तर, कयौं समस्याका कारण पार्टीले आफ्नो योजना लागू गर्न पाएन’ किमले भनेका छन्, ‘गत वर्ष चक्रवात आँधीका कारण लक्ष्यअनुसार कृषि क्षेत्रमा राम्रो उत्पादन हुन सकेन जसका कारण स्थिति गम्भीर भएको छ ।’

उत्तर कोरियामा हालसम्म एक जनामा पनि कोरोना नदेखिएको त्यहाँको सरकारको भनाइ छ । तर कोरोनाबाट जोगिन भन्दै उत्तरले सीमा नाका ठप्प बनाएको छ । जसका कारण हालसम्म त्यहाँ आर्थिक कारोबार हुन सकेको छैन । हालसम्म पनि उत्तर कोरियाका विभिन्न स्थानमा लकडाउन छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७