नेपाली नारीको सकरात्मक पहललाई संकीर्ण आँखाले नहेरिदिनुस् :जमुना गुरुङ


२६ आश्विन २०७४, बिहीबार
Jamuna Ghale

काठमाडौं : गैरआवासिय नेपाली संघ एनआरएनएको अध्यक्षको लागि जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन्। काठमाडौं आएका विश्वभरका एनआरएनका प्रतिनिधिहरुले नेतृत्वमा उठ्न बारम्बार आग्रह गरेपछि उम्मेदवारी दिन लागेको उनको भनाई छ ।

Jamuna Ghale

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्दे गैरआवासीय नेपाली संघलाई समय सापेक्ष परिवर्तन र विकाश गर्दै सामूहिक नेतृत्वको अबधारणा अन्र्तगत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न आफूले उम्मेदवारी दिएको बताइन् । उनले आफ्नो उम्मेदवारीलाई संकीर्ण आँखाले नहेर्न आग्रह गरिन् । उनले भनिन्, ‘मेरो उमेदवारीलाई संकीर्ण आँखाले नहेरी एउटी नेपाली नारीले संस्थाको नेतृत्वका लागि देखाएको सकारात्मक पहलका रुपमा हेरिदिन आग्रह गर्छु ।’

विजनेश मार्केटिङ अध्ययनपछि उनी ब्यवसायमा सम्लग्न भएकी थिइन्। अष्ट्रेलियाको एमआइटी कलेजको उनी एक्जुकेटिभ डाइरेक्टर हुन् । अष्ट्रेलियाको महिला धनाढ्य सुचीमा उनी ७ औं नम्बरमा छिन् । वर्तमान अध्यक्ष शेष घलेको सपना पूरा गर्न र ‘भिजन २०२० एण्ड वियोण्ड’ को प्रस्तावलाई कार्यान्वयनमा ल्याउन घले पत्नी समेत रहेकी गुरुङको उम्मेदवारी आवश्यक रहेको भन्दै माग व्यापक रुपमा आएपछि अध्यक्षमा उम्मेदवारी दिने अन्तिम निर्णय भएको बताइन्छ ।

वर्तमान अध्यक्ष शेष घलेकी पत्नीसमेत रहेकी जमुनाले उमेदवारी घोषणा गर्दै आफू अध्यक्षका लागि सक्षम रहेको बताइन् । उनले भनिन्, भनिन्, ‘अष्ट्रेलिया जस्तो प्रतिस्पर्धी समाजमा आफूलाई महिला उद्यमीका रूपमा उभ्याउन सफल भएँ । व्यवसाय वा समाज सेवामा म जहिल्यै पनि आफ्नै पहिचानमा उभिन रुचाएँ र अहिले पनि त्यही गरिरहेकी छु । उनले एनआरएनएका मुख्य सरोकारवालाको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न, एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनालाई समयसीमा भित्र सम्पन्न गर्ने लगायतका एजेन्डा अघि सारेकी छिन् ।

एनआरएनएको आठौं विश्व सम्मेलन एवं महाधिवेशन शनिबारबाट काठमाडौं सुरु हुँदैछ । यसअघि नै अध्यक्षको लागि उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टिबी कार्कीले उम्मेदवारी घोषणा गरि सकेका छन् । विश्व सम्मेलन यही असोज २८ देखि ३१ सम्म काठमाडौमा हुँदैछ । सम्मेलनको लागि विश्वभर रहेका ७८ वटा देशबाट करिब साढे दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

उनले आफ्नो उमेदवारीको किन भन्नेबारे ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छिन् । हेर्नुहोस् उनको प्रतिबद्धताहरु :

१. गैरआवासीय नेपालीहरुको माग र अपेक्षालाई पुरा गर्न
२. गैरआवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरहरुको बिश्वास र अपेक्षालाई निरन्तरता दिन
३. महिला शसक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न
४. गैरआवासीय नेपाली संघलाई समय सापेक्ष परिवर्तन र विकाश गर्दै सामूहिक नेतृत्वको अबधारणा अन्र्तगत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न
५. गैरआवासीय नेपाली संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कुटनीतिक स्तरमा अझ पारदर्शीरुपमा विकाश गर्न
६. एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनाहरुलाई समयसीमा भित्र सम्पन्न गराउन
७. संस्थाको मार्गदर्शक दृष्टिकोण ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सफल कार्यन्वयन गर्न
८. एनआरएनएका हरेक एनसीसीलाई आर्थिक कुटनीतिकको भूमिका निर्वाह गर्न र नेपाललाई सम्बृद्धिको बाटोमा इटा थप्ने काममा प्रोत्साहित गर्न
९. नेपाल सरकारका बिभिन्न निकाय, सरकारी एवं गैरकारी संस्थासँग संघले गरेको सम्झौतालाई कार्यन्वयन गर्न
१०. बैदेशिक रोजगारीको क्षेत्रमा खासगरी मध्यपूर्वका महिला श्रमिकबर्गको हितमा बढि केन्द्रीत हुन
११. गैरआवासीय नेपाली संघको दिगो विकाशलाई सुनिश्चित गर्न

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७