कास्कीमा बाढीले तीन सय बढी भेंडा रहेको भेडीगोठ बगायो


२ असार २०७८, बुधबार
veda
फाइल फोटो

कास्की, २ असार । कास्कीको मादी गाउँपालिका–१, हुगुमा रहेको एउटा भेडीगोठ बाढीले बगाएको छ । उक्त भेडीगोठमा ३०० भेडाबाख्राहरु थिए ।

मद्नी खोलामा आएको बाढीले भेडीगोठ बगाएको हो । भेडीगोठ कुरुवा तीन जना व्यक्ति भने सम्पर्कमा आएका गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए ।

उच्च लेकमा रहेका कारण प्रहरी अहिलेसम्म त्यहाँ पुग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले खराब मौसमका कारण घटनास्थल पुग्न नसकिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७