९६ किलो लागुऔषध गाँजासहित पाँच जना पक्राउ


२ असार २०७८, बुधबार
ganja scaled

मकवानपुर, २ असार । मकवानपुरको हेटौंडाबाट ९६ किलो ४ सय ग्राम लागुऔषध गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्ग स्थित हेटौंडा उपमहानगरपालिका–१० मेनरोडबाट प्रहरीले उक्त परिमाणको लागुऔषध गाँजासहित कन्टेनर र पाँच जनालाई पक्राउ गरेको हो ।

मंगलबार राति १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले ना.२ ख ५५७९ नम्बरको कन्टेनर गाडीमा लुकाई छिपाई ल्याइको लागुऔषध गाँजा ९६ किलो ४ सय ग्रामसहित पाँच जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कन्टेनरका चालक मनहरी गाउँपालिका वडा नम्बर–६ का २५ वर्षीय सन्तोष आलेमगर, सह–चालक सोही ठाउँ बस्ने बर्ष २१ को मोसा घलान र सो कन्टेनरमा सवार कैलाश गाउँपालिका वडा नम्बर–८ भार्ता बस्ने वर्ष २४ का उमेश लामालाई, सोही स्थान बस्ने बर्ष २९ का रोशन मोक्तान र चितवन राप्ती नगरपालिका वडा नम्बर–२ बस्ने बर्ष ३१ का बिष्णु लामा रहेको प्रहरीले जनाएको छ ।

बिशेष सूचनाको आधारमा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको उक्त कन्टेनरलाई हेटौंडा–११ थानाभ¥;याङमा रोक्न खोज्दा नरोकी फरार भएको र प्रहरी टोलीले उक्त कन्टेनरको हेटौंडा–१० मेनरोड (भुटनदेवी मोड) बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त कन्टेनर चेकजाँच गर्दा कन्टेनरको केविनमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा ९६ किलो ४ सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ परेका व्यक्ति, लागुऔषध गाँजा र कन्टेनरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता रिमालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७