अब नेपाली महिलाले पनि भारतीय सैनिक महिला प्रहरीमा भर्ना पाउने (सूचनासहित)


२ असार २०७८, बुधबार
women offcers army

काठमाडौं, २ असार । अब नेपाली महिलाले पनि भारतीय सैनिक महिला प्रहरीमा भर्नाका लागि आवेदन दिन पाउने भएका छन् ।
सेनाको महिला सैनिक प्रहरी (सामान्य ड्युटी) का लागि भारतीय सेनाले एक सय जनाका लागि भर्ना आह्वान गरेको छ । जसमा १७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर भएका र कक्षा १० उत्तीर्ण महिलाले आवेदन दिन सक्ने जनाइएको छ । वीर नारीका लागि भने उमेर हद ३० वर्ष तोकिएको छ ।

इच्छुक उम्मेदवारले २० जुलाईसम्म अनलाइनमार्फत आवेदन दिन सकिने भारतीय सेनाद्वारा जारी सूचनामा उल्लेख छ । भारतको अम्बाल, लखनउ, जवलपुर, बेलगाव, पुने र शिलांगमा भर्ती खुलेको हो ।

भूतपूर्व सैनिक, वीर नारी र विधवा सैनिकका लागि तौल, उचाई, लिखित परीक्षा आदीमा छुट दिइएको छ । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने नेपाली महिलालाई भारतीय सैनिक प्रहरीमा भर्ना लिन लागेकोबारे मन्त्रालयलाई जानकारी नभएको बताए ।
सूचना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७