युरोकप : वेल्सको पहिलो जित


३ असार २०७८, बिहीबार
wales 5upzsgA0vq

काठमाडौं, ३ असार । वेल्सले युरोकप फुटबलमा पहिलो जित निकालेको छ । गए राति भएको खेलमा टर्कीलाई २–० गोलले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो ।

वेल्सका आरोन राम्से र कोनर रोबट्र्सले एक–एक गोल गरे । जितसँगै वेल्सले दुई खेलमा चार अङ्क जोडेको छ । वेल्सले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

टर्कीको यो लगातार दोस्रो हार हो । टर्कीलाई पहिलो खेलमा इटलीले ३–० गोलले हराएको थियो । टर्कीको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७