स्विजरल्याण्डलाई हराउँदै इटली युरोकपको नकआउट चरणमा


३ असार २०७८, बिहीबार
itlay U04yjmAnsU

काठमाडौं, ३ असार । स्विजरल्याण्डलाई हराउँदै इटली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

गए राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० गोलले पराजित गर्दै इटली नकआउट चरणमा प्रवेश गरेको हो । इटलीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले एक गोल गरे ।

जितसँगै इटलीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ । ६ अङ्क जोड्दै इटली समूहको शीर्ष स्थानमा रहेको छ । समूहको तेस्रो स्थानमा रहेको स्विजरल्याण्डको यो पहिलो हार हो । स्विजरल्याण्डले दुई खेलमा एक अङ्क जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७