कोरोना संक्रमणको दोस्रो लहरमा भारतमा ७३० डाक्टरले ज्यान गुमाए


३ असार २०७८, बिहीबार
korona india 4

नयाँदिल्ली, ३ असार । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणका कारण भारतमा ७३० जना डाक्टरले ज्यान गुमाएका छन् । भारतको मेडिकल एशोसिएसनका अनुसार दोस्रो लहरमा मात्रै भारतमा ७३० जना डाक्टरले ज्यान गुमाएका हुन् ।

सबैभन्दा धेरै बिहारमा ११५ डाक्टरको ज्यान गएको छ भने दिल्लीमा १०९ डाक्टरले ज्यान गुमाएका छन् । यस्तै उत्तर प्रदेशमा ७९, पश्चिम बङ्गालमा ६२, राजस्थानमा ४३, झारखण्डमा ३९ र आन्ध्र प्रदेशमा ३८ जना डाक्टरले ज्यान गुमाएका मेडिकल एसोसिएशनले जनाएको छ ।

भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण पनि कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार १०४ सङ्क्रमित थपिएका छन् । १ लाख ३ हजारभन्दा धेरै व्यक्ति निको भएका छन् । यस्तै गएको २४ घण्टामा १ हजार ४ सय सङ्क्रमितको ज्यान गएको छ । भारतमा सङ्क्रमित र ज्यान गुमाउनेको दर घटेको छ । अहिलेसम्म भारतमा २ करोड ९६ लाख ९९ हजार व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ भने २ करोड ८५ लाख व्यक्तिले कोरोनालाई जितेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७