म्यानमारमा सेना र स्थानीय गुरिल्लाबीच झडप : दुईको मृत्यु, पुरै गाउँ जलेर ध्वस्त


३ असार २०७८, बिहीबार
myanmar

काठमाडौं, ३ असार । म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच भएको झडपमा दुई जनाको मृत्यु हुनुका साथै एउटा गाउँ पुरै जलेर ध्वस्त भएको छ । म्यानमारको किन क्षेत्रमा भएको घटनामा एउटा गाउँको २४० घरमध्ये दुई सय घर जलेर ध्वस्त भएको हो ।

सेनाले शासकीय ब्यबस्थाबिरुद्धमा रहेको गुरिल्लामाथि धावा बोलेपछी दोहोरो झडप भएको बुझिएको छ । झडपकै क्रममा सेनाले गुरिल्लाहरुको बसोबास रहेको गाउँमा अन्धाधुन्ध गोली प्रहार गरी आगजनी गरेपछि दोहोरो झडप भएको हो ।

यसैबीच, म्यानमारका लागि बेलायती राजदूत डान चुगले घटनाप्रति भत्र्सना गर्दै म्यानमारको सेनाको ज्यादतीको बिरोध गरेका छन् । निहत्था जनताको हत्यामा म्यानमारको सेना उद्दत भएको भन्दै राजदूत चुगले म्यानमारका जनताको जीवन रक्षाको जोडदार माग गरेका छन् । म्यानमारमा सेनाले गत फेब्रुअरीमा सत्ता आफनो हातमा लिएदेखि राजनैतिक दल र सर्वसाधारणमाथिको दमन कायमै राखेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७