मजदुरी गरेर फर्किदै गर्दा खोलाले बगाएर बेपत्ता


३ असार २०७८, बिहीबार
badhi
फाइल फोटो

प्युठान, ३ असार । प्युठानमा एक जना मजदुर ठाडोखोलाले बगाएर दुई दिनदेखि बेपत्ता भएका छन् । मंगलबार साँझदेखि प्युठानको मल्लरानी गाउँपालिका–३ धरमपानीका ४१ बर्षीय हिराबहादुर नेपाली स्थानीय छापेखोला तर्ने क्रममा बगेर बेपत्ता भएको त्यहाँको प्रहरीले जनाएको छ ।

मंगलबार मजदुरी गरेर साँझ घर फर्किने क्रममा खोलामा बगेर बेपत्ता भएको र हाल सम्म फेला नपरेको प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवी प्रसाद गैरेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७