आज पनि यी नदीमा बाढीको खतरा, समयमै सावधानी अपनाउन आग्रह (सूचना)


३ असार २०७८, बिहीबार
narayani scaled

काठमाडौं, ३ असार । नेपालमा अझै केहि दिन धेरै स्थानमा भारी वर्षा जारी रहने मौसमविदले बताएका छन् । पानी पर्ने क्रम जारी रहेकाले आज पनि केही नदीहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश–१, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि सुनकोशी नदीको बहाव खतराको संकेतसम्म छ । यस्तै गुल्मीको बडिगाड रुद्रवेणी स्टेशनमा पनि बाढीको सतह खतराको संकेतसम्म पुगेको छ ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार बिहीबार पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम हुन सक्ने छ । गण्डकी र लुम्बिनी प्रदेश क्षेत्रमा पनि जोखिम उच्च छ ।

नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा भने बिहीबार मध्यम जोखिमको सम्भावना छ । कन्काई, कमला, बागमती, कोशी र यसका सहायक नदीमा पनि मध्यम जोखिमको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।

प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीमा बहाव बढ्दो क्रममा हुने छ । केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बिहीबारको तुलनामा शुक्रबार कम जोखिम रहने अनुमान गरिएको छ ।
हेर्नुस् सूचना

badhi 3asar

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७