राजेशपायल राईसँग हङकङ संवाद


५ भाद्र २०७४, सोमबार
Rajesh Payal Rai e1516095963941
????????????????????????????????????

व्यास्त गायक राजेशपायल राई विहिबार झनैं व्यास्त थिए । म पायल विनाको राजेश राईले नयाँ पेजका लागि कुरा गरौं भनेपछि उनको उत्तर आयो, ‘टेकमा छुु, एक घन्टापछि गरौं न ।’ कुनै गीतको रेकर्डिमा रहेछन् राजेश । मैले २ घन्टापछि सम्पर्क गर्दा उनी बागबजार पुगीसकेका रहेछन् । साथीभाइसँग साँझको जमघटमा थिए, उनी । अन्तरवार्ता गर्ने मुड र वाताबरणमा थिएनन् उनी । तर, हङकङको बारे भनेपछि उनी निकैं उत्साहित भए । तर, यो उतारीरहेको बेला बेला उनी हङकङ पुगीसकेका छन् ।

खोटाङ समाज, हङकङको आयोजनामा भूकम्प पीडितहरुको सहयोगमा हुन लागेको कार्यक्रममा गीत गाउन राजेश हङकङ पुगेका हुन् । राजेश संसारका धेरैं मुलुकहरुमा गीत सुनाउन पुगेका छन्, तर सबैभन्दा बढी पुगेको प्रिय उनको शहर हो हङकङ । हङकङसँग उनको अनेक सम्बन्ध र साइनो जोडिएको रहेछ । के रहेछ त उनको हङकङसँगको त्यस्तो साइनो ? राजेशपायल राईसँगको हङकङ संवाद :

Rajesh Payal Rai e1516095963941हङकङबाट संगीतको सुखद यात्रा
राजेशको २१ औं हङकङ भ्रमण हा योे । सन् १९९७ देखी यता निरन्तर हङकङ गइरहेका छन् उनी । राजेश सन् १९९७ मा पहिलोपटक हङकङ पुगेका हुन् । राजेश उतिबेलाका चर्चित र व्यास्त गायक सम्भु राईको साथमा गीत गाउन पहिलो पटक हङकङ पुगेका थिए । त्यो समुहको उनी सबैभन्दा फुच्चे गायक थिए । राजेशले सुनाए, ‘हाम्रो टोलीको सबैभन्दा फुच्चे गायक थिए ।’

उतिबेला ब्रिटिस गोर्खा सैनिकहरुको मुख्यालय हङकङमा थियो । ब्रिटिस क्याम्पहरुमा धेरै नेपाली गायकगायिका गीत सुनाउन पुग्थे । उनी पनि त्यही मेलोमा पहिलोपटक हङकङ पुगेका थिए । राजेशको यो पहिलो विदेश भ्रमण थियो । उनी पहिलोपटक हङकङ पुग्दा अचम्भीत भएका थिए । ‘त्यति राम्रो शहर, त्यति ठुलो घर देख्दा त म चकित नै भए’ उनले सुनाए । पहिलो पटक विदेशमा गीत गाउन पाउदा उनी निकै खुसी भएका रहेछन् । भन्छन्, ‘मेरो संगीतको सुखद यात्रा हङकङबाटै सुुरु भयो ।’

पहिलो ठुलो कमाई हङकङमा
नेपालीको बसोबास रहेको अधिकांस देश पुगेर गीत गाइसकेका छन् राजेशले । गीत गाएर राम्रो कमाउने मध्येमा पर्छन् उनी । उनले एक पटक लेखेका थिए, ‘मेरो जीवन आधा आकाशमा बित्ने भयो ।’ यसको मतलब विदेश भ्रमणको लागि आकाशमा उडीरहनुपर्छ । अहिले गाएर धेरै कमाउछन् । तर, उनले गीत गाएर सबैभन्दा पहिलो पटक धेरै पैसा हङकङमा नै पाएका रहेछन् । ‘मैले पहिलो पटक हङकङमा गीत गाउँदा ४० हजार पाएको थिएँ, जुन मेरो जीवनको पहिलो धेरै कमाइ थियो’ उनले सुनाए, ‘त्यो बेला यतिधेरै खुसी भएको थिए, जुन म अहिले शब्दमा भन्न सक्दिन ।’

पहिलो पटक हङकङबाट फर्किदा राजेशको पकेटमा ‘क्यास’ ४० हजार मात्रै होइन एक टेल सुन पनि थियो । नेपाल फर्किएपछि उनलाई बढो ‘कन्फुुज’ भयो, ‘यत्रो धेरै पैसा के गर्ने ?’ गीत गाएर पनि पैसा कमाइन्छ भन्ने विश्वास त्यही कार्यक्रमले दिलाएको थियो । उनले भने, ‘गायनमा लागेर पनि जीवन चलाउन सकिन्छ भन्ने विश्वास बढाएको थियो ।’

अक्षम्य गल्तीमा पनि हङकङबासीको असिम माया
२१औं पटकसम्म हङकङ पुग्दाका अनेक सम्झनासँग छन् राजेशसँग । धेरै नयाँ ठाउँ घुमेका छन्, धेरै मिठा खाना खाएका छन् । कैयौं आफन्ता र प्रियजनहरुसँग मिठा–रमाइला पलहरु बिताएका छन् । तर, हङकङका ती सबै सम्झनाहरुलाई माथ गर्ने एउटा घटना छ । जुन घटना सम्झीदा सधैं उसलाई नमिठो लाग्छ । उनी त्यो दिनलाई कालो दिन भन्छन् । भुुल्न चहान्छन् ।

कालो दिन अर्थात् जुन दिन राजेशले रक्सीले मातेर गीत गाउनै सकेनन् । हङकङमा मान्छेहरु धेरै व्यास्त हुन्छन् । त्यही व्यास्त समयको बीचमा राजेशको गीत सुन्न हङकङवासी नेपालीहरु भेला भएका थिए । उनी गीत गाउनकै लागि नेपालबाट हङकङ पुगेका थिए । दर्शकहरु कतिबेला राजेशपायल स्टेजमा आउला ? भनेर व्याग्र प्रतिक्षामा थिए । तर, राजेश रक्सी पिएर बेहोसी अवस्थामा थिए । रक्सीले मातेर स्टेजमा आउनै सकेनन् । राजेशकै गीत सुन्न भेला भएका दर्शकस्रोता निराश भएर फर्किए । जुन एउटा गायकको लागि अक्षम्य गल्ती नै थियो । उनले सुनाए, ‘म बाट त्यति ठुलो गल्ती हुँदा पनि दर्शकहरुले माया गरेर माफी दिनुुभयो ।’

आफन्तै आफन्ता बस्ने देश हङकङ
कुनैबेला हङकङमा राजेशको सबैभन्दा बढी आफन्ता र प्रियजनहरु थिए । तर, अहिले बेलायत सरेका छन् । ‘हङकङ कुनै बेला सबैभन्दा बढी आफन्ताहरु भएको देश हो । अहिले बेलायत सर्नु भएको छ’ उनले सुनाए । ब्रिटिस गोर्खाहरुको कारण हङकङमा नेपालीहरुको आजको बसोबास सम्भव भएको हो । ब्रिटिस गोर्खा परिवारकै सदस्य हुन् राजेश ।

हङकङका यी चिज प्रिय छ राजेशलाई
राजेशलाई हङकङको सबैभन्दा मनपर्ने नेपालीहरुको माया र सद्भाव रहेछ । ‘हङकङबासी नेपालीहरुको माया सबैभन्दा मलाई प्रिय लाग्छ’ राजेशले सुनाए । त्यसबाहेक उनलाई हङकङको शहर, खाना र यातायत मनपर्छ ।

हङकङको सि फुड उनलाई असाध्यै मनपर्छ । ‘सि फुड मलाई अति मनपर्छ, हङकङ पुगेपछि यतिधेरै खान्छु की अब चहि ६ महिनालाई पुग्छ है भन्ने जस्तो हुन्छ’ उनले सुनाए,‘यसपाली पनि टन्न खाएर आउने हो ।’ यस्तै हङकङको यतायत व्याबस्था असाध्यै राम्रो लाग्छ । एमटीआरमा सररर रमाइलो लाग्दो रहेछ उनलाई ।

राजेशलाई यतिधेरै हङकङको माया लाग्छ । बाहिर माया गर्ने त उनका थुप्रै होलान् ? तर खासमा माया गर्ने अर्थात् जीवन संगीनी मान्छे उसले पाएका छैनन् । ‘हङकङको कसैले प्रस्ताव राख्यो भने के गर्नुहुन्छ ?’ ‘रहर र चाहना हुदा हुँदै पनि आजसम्म जुरेको छैन’ उनले सुनाए, ‘अब कोही पाए भने सोच्नुपर्ला ।’ राजेशपायल यतिबेला हङकङमा नै छन् । हङकङका युवतीहरुले राजेशलाई सोच्न बाध्य पार्ने की ? लौ है, यो अवसर आजकै कार्यक्रममा छोप्ने हो की ?

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७