विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड ऋण दिने


३ असार २०७८, बिहीबार
1570955497worldbank1

काठमाडौं, ३ असार । विश्व बैंकले कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाललाई करिब १७ अर्ब ५५ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले कोरोना महामारीबाट प्रभावित सामाजिक आर्थिक अवस्थामा सुधार ल्याउन १५ करोड डलर ऋण सहयोग गर्ने प्रस्ताव पारित गरेको हो ।

कोरोना महामारीको प्रभावबाट नेपालको सामाजिक आर्थिक अवस्थामा सुधार ल्याउन विश्व बैंकले ऋण सहयोग गर्ने निर्णय गरेको नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जारभोसले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७